एटिएम फोड्दा फोड्दै एकजना पक्राउ

एटिएम फोड्दा फोड्दै एकजना पक्राउ

काठमाडौँमा सोमबार एटिएम मेसिन फोडेर पैसा निकाल्न खोज्ने एकजना प्रहरीले पक्राउ परेका छन्। नागार्जुन नगरपालिका-२ स्थित सानो भर्‍याङमा रहेको एनआइसी एसिया बैंकको एटिएम फोडेर पैसा निकाल्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको हो।

दिउँसो २:१५ मिनेटको समयमा एटिएमभित्र छिरेर फोडिरहेको समयमा बैतडीका २८ वर्षीय कमलबहादुर धानुक पक्राउ परेका हुन्। उनी माछापोखरीमा बस्दै आएका थिए। प्रहरीले धानुकको साथबाट एउटा पाइप रेन्ची, एउटा हथौडा र एउटा पिलास बरामद गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार