काठमाडौँको खड्का गाउँमा आगलागी, एक जनाको ज्यान गयो

काठमाडौँको खड्का गाउँमा आगलागी, एक जनाको ज्यान गयो

काठमाडौँको कलङ्कीस्थित खड्का गाउँमा आगलागी हुँदा एक जनाको जलेर ज्यान गएको छ । जाडो छल्न विद्युतीय हिटर बालेर सुतेका ८६ वर्षका शिवराम खड्काको जलेर ज्यान गएको प्रहरीले जनाएको छ ।

आफ्नै घरको दोस्रो तलाको कोठामा हिटर बालेर सुतेका खड्काको जलेर ज्यान गएको महानगरीय प्रहरी वृत्त कालीमाटीका डीएसपी अपिल बोहोराले जानकारी दिनुभयो ।

हिटर बालेर सुतेकै बेला विद्युत सर्ट भएर आगलागी भएको उहाँले बताउनुभयो । खड्काको छाती, पेट र ढाड पुरै जलेको बोहोराले जानकारी दिनुभयो । घरमा रहेका अरु मानिसले जलेको गन्ध आएपछि मात्रै थाहा पाएका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार