रुकुम पश्चिमका एक घरबेटीले दिए एक महिनाको घरभाडा छुट

रुकुम पश्चिमका एक घरबेटीले दिए एक महिनाको घरभाडा छुट

चैत्र १७ रुकुम पश्चिम
कोरोना भाइरस संक्रमण हुने भएपछि सरकारले एकसाता अघि देखि लकडाउन गरेको अवस्थामा अत्यावश्यक वस्तुको अभाव र मूल्य वृद्धिले सर्वसाधारण मर्कामा छन्।

दैनिक कमाइ गरेर घर चलाउनुपर्नेलाई यो समय कठिन हुन्छ। कति त आम्दानी नभएर घरभाडा तिर्न सक्दैनन्। यस्तो बेला घरबेटी र डेरावालको सम्बन्ध राम्रो नभए जहाँकहि पनि बस्नै मुश्किल पर्छ।

यो संकटको घडीमा रुकुम पश्चिम मुसिकोट नगरपालिका वडा नं. १ का तुल्सीराम बोहरा घरबेटीको निम्ति उदाहरण बन्नुभएको छ । उहाँले आफ्नो घरको ६ वटा कोठामा बस्दै आएका परिवारलाई चैत्र महिनाको घरभाडा पूर्ण रुपमा छुट दिने फेसबुक पोस्टमार्फत् सार्वजनिक रूपले घोषणा गर्नुभएको छ ।

बोहरा स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिममा कम्प्युटर अपरेटर पदमा कार्यरत हुनुहुन्छ ।

उहाँले भन्नुभयो डेरावालहरूको समस्या मलाई थाहा छ। आपतविपत पर्दा डेरा भाडा मात्र तिर्न नपरे पनि निकै सहज हुन्छ। अहिले यो अवस्थामा सबैको दुख बाँडौं भनेर मेरो घर परिवारसँग सल्लाह गरेर एक महिना भाडा छुट दिने निर्णय गरेको उजेली न्यूजलाई जानकारी दिनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार