त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्र सञ्चालन हुने

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक १८ घण्टा मात्र सञ्चालन हुने

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अपरेसनको समय घटाउने भएको छ। प्राधिकरणले अहिले दैनिक २१ घण्टा सञ्चालन भइरहेको विमानस्थललाई १८ घण्टामा झार्ने तयारी गरेको हो।

काेराेनाका कारण बन्द उडान खुलेको ५ महिना हुँदा पनि अन्तर्राष्ट्रिय उडान बढ्न नसकेको भन्दै प्राधिकरणले विमानस्थल सञ्चालनको समय घटाउने तयारी गरेको हो।बुधबार बिहान ६ बजेबाट खुल्ने विमानस्थल राती ३ बजेसम्म सञ्चालन भइरहेको थियो। यसलाई घटाएर प्राधिकरणले अब राति १२ बजेसम्म मात्रै खोल्ने तयारी गरेको हो।

प्राधिकरणका महानिर्देशक राजन पोखरेलले विमानस्थल सञ्चालनको समय घटाउने विषयमा छलफल भइरहेको र निर्णय भने भई नसकेको जानकारी दिए। अहिले सामान्य अवस्थामा ८० वटा उडान तथा अवतरण हुने विमानस्थलमा मुस्किलले २० वटामात्रै उडान तथा अवतरण भइरहेको छ।

प्राधिकरणले अहिले सञ्चालनको समय घटाएर पुनः उडान चाप बढेपछि समय थप गर्नेगरी १८ घण्टामात्रै सञ्चालन गर्ने तयारी गरेको पोखरेल बताउँछन्। नयाँ नियम लागू भएपछि बिहान ६ बजेबाट खुल्ने विमानस्थल राति १२ बजे बन्द हुनेछ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार