काठमाडौं महानगरले भोलिदेखि सप्ताहव्यापीरूपमा सहिद दिवस मनाउने

काठमाडौं महानगरले भोलिदेखि सप्ताहव्यापीरूपमा सहिद दिवस मनाउने

काठमाडौं । यस वर्ष पनि काठमाडौं महानगरपालिकाले भोलि ९माघ १०० देखि १६ गतेसम्म सप्ताहव्यापीरूपमा सहिद दिवसका कार्यक्रम गर्ने भएको छ। कार्यक्रम तालिकाअनुसार माघ १० गते बिहान ८ बजे टेकु खरिबोटमा शुक्रराज शास्त्रीले अमरत्व प्राप्त गरेको स्थानमा श्रद्धाञ्जलीसभाबाट कार्यक्रमको थालनी हुनेछ।

त्यस्तै माघ १३ गते बिहान ८ बजे सिफलस्थित धर्मभक्त माथेमाले अमरत्व प्राप्त गरेको स्थानमा र माघ १५ गते बिहान ८ बजे गंगालाल श्रेष्ठ र दशरथ चन्दले अमरत्व प्राप्त गरेको स्थान शोभा भगवतीमा श्रद्धाञ्जलीसभा आयोजना गरिने महानगरले जनाएको छ।

सप्ताहव्यापी कार्यक्रमको अन्तिम दिन अर्थात् माघ १६ गते शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्याण्ड, मार्चपास र सहिदहरूको तस्बिर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जली सभामा परिणत हुने जनाइएको छ।

त्यस सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी, जनप्रतिनिधिको सहभागिता रहने छ। प्रजातन्त्र प्राप्तिका लागि १९९७ मा काठमाडौंको विभिन्न स्थानमा सहादत प्राप्त गरेका चार सहिदको सम्झनामा महानगरले पूर्णकदको प्रतिमा स्थापना गरिसकेको छ। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार