बागमती प्रदेशको प्रदेश सभा बस्दै

बागमती प्रदेशको प्रदेश सभा बस्दै

फाईल तस्बीर

काठमाडौँ । आज बागमती प्रदेशको प्रदेश सभा बैठक बस्दैछ। माघ ७ गते बसेको बैठक अनिश्चितकालका लागि स्थगित भएको थियो। सभामुख सानुकुमार श्रेष्ठले शुक्रबार दिउँसो १ बजेका लागि प्रदेश सभा बैठक बोलाएका छन्।

प्रदेश सभा सचिव कृष्णहरि खड्काले दिएको जानकारीअनुसार आज दिउँसो १ बजे प्रदेश सभा बैठक बस्न लागेको छ। बागमती प्रदेशमा मुख्यमन्त्री डोरमणि पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्र विवाद छ। यसको असर प्रदेश सभामा पनि देखिएको छ।नेकपाको प्रचण्ड-नेपाल समूहले मुख्यमन्त्री पौडेलविरूद्ध अविश्वास प्रस्ताव दर्ता गरेका छन्। उनीहरूले मुख्यमन्त्रीमा अष्टलक्ष्मी शाक्यलाई अगाडि सारेका छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार