बाँकेको राप्तीसोनारीमा नागरिक आरोग्य केन्द्र स्थापना

बाँकेको राप्तीसोनारीमा नागरिक आरोग्य केन्द्र स्थापना

नेपालगञ्ज । बाँकेको राप्तीसोनारी गाउँपालिकामा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा आएको छ । प्रदेश सरकार, लुम्बिनी प्रदेश सामाजिक विकास मन्त्रालय स्वास्थ्य निर्देशनालयअन्तर्गत बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले राप्तीसोनारी गाउँपालिका वडा नं. ९ मा नागरिक आरोग्य सेवा केन्द्र सञ्चालनमा ल्याएको हो ।

आरोग्य केन्द्रको शुक्रबार एक समारोहका बीच गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले उद्घाटन गर्नुभयो । गाउँपालिकाका अध्यक्ष थारुले जडीबुटीबाट बनेका औषधीलाई नागरिक समक्ष पु¥याउन आयोग्य केन्द्र सञ्चालनमा ल्याएको बताउनुभयो । ‘पहिला–पहिला जडीबुटीबाट बनेका औषधी नै प्रयोग हुन्थे, यस्ता औषधीले साइड इफेक्ट गर्दैन भन्ने मलाई लाग्छ, अध्यक्ष थारुले भन्नुभयो ।

बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख डा.अनिलकुमार चौधरीले आयुर्वेदप्रति जनताको रुची बढेको बताउनुभयो । आयुर्वेद केन्द्रले यसअघि त्यहाँ गाउँघर क्लिनिक सञ्चालन गर्दथ्यो । हप्ता-पन्ध्रमा जादा सय जना हाराहारीका बिरामीको उपचार गथ्र्यो । केन्द्रले औषधालय नै खोल्ने तयारी गरेपनि अहिलेलाई आरोग्य केन्द्र सञ्चालनमा ल्याएको डा. चौधरीले जानकारी दिनुभयो ।

उहाँले भविष्यमा योगलगायतको सेवा दिने बताउनुभयो । डा. चौधरीका अनुसार, गाउँघर क्लिनिक हुँदा ५ प्रकारका रोगको औषधी दिने गरिएको थियो । अब सबै किसिमको औषधी उपलब्ध गराइने छ । आरोग्य केन्द्रमा एकजना कविराज नै खटाइएको छ ।

आरोग्य केन्द्रको उद्घाटनमा गाउँपालिकाका उपप्रमुख धनीकुमारी खत्री, वडा नं. ९ का अध्यक्ष महावीर वलीलगायतले आरोग्य केन्द्र सञ्चालनमा आएकाले यस क्षेत्रका जनतालाई जडीबुटी औषधीमा पहुँच बढेको बताउनुभयो ।

प्रदेश सरकारले बाँकेको तीन ठाउँमा आरोग्य केन्द्र सञ्चालन गर्दैछ । नरैनापुर र खजुरा गाउँपालिकामा केन्द्र सञ्चालनको तयारी भइरहेको छ । आयुर्वेद स्वास्थ्य केन्द्रका वरिष्ठ कविराज बसन्तराज पौडेलका अनुसार, आरोग्य केन्द्रमा दैनिक विरामी परीक्षण हुनेछ । आयुर्वेद निशुल्क वितरण गरिने छ । जिल्लामा थेरापी सुविधासमेत दिने गरिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार