दुई महिना लामो लकडाउनपछि आधा खुल्यो कोरोनाको उद्गमस्थल वुहान

दुई महिना लामो लकडाउनपछि आधा खुल्यो कोरोनाको उद्गमस्थल वुहान

ऐजेन्सी

विश्वलाई त्रसित बनाएको कोरोना भाइरसको उद्गमस्थलका रूपमा रहेको चीनको वुहान दुई महिनाभन्दा लामो लकडाउनपछि आधा खुलेको छ ।

त्यहाँका रेल स्टेसनहरू आइतबारबाट सुनसानमुक्त भएका छन् । मानिसहरूलाई वुहान प्रवेश गर्न दिइए पनि वुहानबाट बाहिर जान भने दिइएको छैन ।

यसको अर्थ वुहानलाई अझै आंशिक नियन्त्रणमै राखिएको भन्न सकिन्छ । हुबेई प्रान्तको राजधानी वुहानमा मात्रै कोरोना भाइसबाट ५० हजारभन्दा बढी संक्रमित भएका थिए भने तीन हजारभन्दा बढीको मृत्यु भएको थियो ।

तर, अहिले वुहान पूर्ण ररूपमा कोरोना भाइरसको नयाँ संक्रमणमुक्त बनेको छ । त्यहाँका स्वास्थ्य अधिकारीहरूले बताएअनुसार आइतबार ५४ नयाँ संक्रमित भेटिएका थिए, तर ती सबै बाहिरी देशबाट चीन भित्रिएका संक्रमित थिए ।

चीनले सबै विदेशी आगमनलाई अस्थायी रूपमा बन्द गरेको छ । त्यस्तै बाह्य उडान पनि हप्तामा एउटा मात्रै गर्ने गरेको छ भने उक्त विमानलाई समेत ७५ प्रतिशतभन्दा बढी यात्रु बोक्न अनुमित दिइएको छैन ।

चीनको वुहानमा कोरोना भाइरस नियन्त्रणमा आए पनि विश्वका अन्य मुलुकहरूमा भने यो भाइरसको संक्रमण तीव्र रूपले फैलिइरहेको छ ।

अहिलेसम्म विश्वभर सात लाख ३१ हजारभन्दा बढी मानिस यसबाट संक्रमित भइसकेका छन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार