प्रचण्ड-नेपाल समुहका केन्द्रीय सदस्य लिलवहादुर थापा ओलीतिर

प्रचण्ड-नेपाल समुहका केन्द्रीय सदस्य लिलवहादुर थापा ओलीतिर

काठमाडौं । प्रचण्ड–नेपाल पक्षबाट नेकपा केन्द्रीय सदस्य भएका लिलवहादुर थापा शनिवार पूर्व लडाकुहरुको टिम सहित ओली पक्षमा लागेका छन् । पार्टी विभाजनसँगै प्रचण्ड-नेपाल पक्षमा लागेका थापा प्रधानमन्त्री निवास बालुवाटार पुगेर ओली पक्षमा खुलेका हुन् ।

देशको अतिक्रमित भूमिको नक्सांकन र फिर्ता ल्याउने प्रक्रिया थालेको तथा विगतमा पनि राष्ट्रियताको पक्षमा ओलीले अडान लिएकोले आफूले प्रचण्डको साथ छाडेर ओलीलाई साथ दिएको थापाले बताएका छन ।  बागलुङ जिल्ला विकास समितिका पूर्व सभापति समेत रहेका थापा नेकपा मसाल छाडेर तत्कालिन माओवादीमा प्रवेश गरेका थिए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार