कर्णालीमा साढे ५३ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

कर्णालीमा साढे ५३ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

सुर्खेत । कर्णाली प्रदेशका १० जिल्लामा ५३ हजार नौ सय पाँच जनालाई खोप लगाउने तयारी थालिएको छ । जसमध्ये पहिलो चरणमा साढे ११ हजारलाई खोप लगाइने स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशले जनाएको छ ।

१० वटा जिल्ला रहेको कर्णालीमा पहिलो चरणमा फ्रन्ट लाइनमा रहेर काम गर्ने व्यक्तिहरुलाई लगाउने तयारी छ । त्यसका लागि आइतबार स्वास्थ्य मन्त्रालयले खोेप पठाउने भएको छ । कर्णालीका १० जिल्लामध्ये डोल्पा जिल्लामा एक हजार दुई सय ६३, मुगु जिल्लामा एक हजार नौ सय नौ, हुम्ला जिल्लामा एक हजार सात सय ५४, जुम्ला जिल्लामा तीन हजार सात सय ३५, कालिकोट जिल्लामा चार हजार सात सय ५४, दैलेख जिल्लामा आठ हजार आठ सय ८४, जाजरकोट जिल्लामा पाँच हजार नौ सय २१, रुकुमपश्चिम जिल्लामा पाँच हजार ९२, सल्यान जिल्लामा आठ हजार एक सय ३६, सुर्खेत जिल्लामा १२ हजार चार सय ५६ जनालाई खोप लगाउने तयारी स्वास्थ्य मन्त्रालयले गरेको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालयका अनुसार कोरोना बिरुद्धको खोप भण्डारणका लागि सुर्खेतका दुई वटा कोल्डस्टोरमा २८ लाख ७३ हजार चार सय डोज राख्न सकिने क्षमता रहेको छ । स्वास्थ्य सेवा निर्देशनालयका निर्देशक डा. रविन खड्काका अनुसार पहिलो चरणमा स्वास्थ्यकर्मी, कोरोना व्यवस्थापन गर्ने कर्मचारी,एम्बुलेन्स चालक, शव व्यवस्थापनमा खटिने कर्मचारी, सुरक्षाकर्मी तथा महिला स्वास्थ्य स्वयम्सेविकालाई सम्पूर्ण जिल्ला अस्पतालबाट खोप दिइने छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार