बालुवाटार आन्दोलनमा प्रहरी दमन, चार जना घाइते

बालुवाटार आन्दोलनमा प्रहरी दमन, चार जना घाइते

काठमाडौँ । नागरिक समाजले आज बालुवाटारमा गरेको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले दमन गरेको छ । प्रहरीले नागरिक समाजका अभियन्ताहरू माथि पानीको फोहोरा, अश्रु ग्याँस र लाठी चार्ज गरेको छ ।

प्रहरीको कुटाइबाट चार जना घाइते भएका छन् । घाइते हुनेमा निर्ग नवीन, संघर्ष दाहाल, स्वर्णीम दिनेश र सीएन थारु छन् । यीमध्ये निर्ग नवीन बेहोस छन् । उनलाई अहिले शिक्षण अस्पतालमा उपचारार्थ भर्ना गरिएको छ ।

अन्य घाइतेलाई काठमाडौं मोडल अस्पतालमा भर्ना गरिएको छ । प्रतिनिधिसभा विघटनपछि नागरिक अगुवाहरू आन्दोलित बनेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार