इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने

इन्फ्रास्ट्रक्चर बैंकको आईपीओ यही साता बाँडफाँट हुने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) को आईपीओ यही साता बाँडफाँट हुने भएको छ । नेपाली सेयर बाजरको इतिहासमै सबैभन्दा ठूलो परिमाणमा निष्काशन गरिएको आईपीओ ढिलोमा आगामी शनिबारसम्म बाँडफाँट गरिने भएको हो ।

निफ्राको आईपीओ निष्काशन तथा बिक्री प्रवन्धको जिम्बेवारी पाएको एनआइबीएल एस क्यापिटलले बाँडफाँटका लागि आवश्यक तयारी भइरहेको बताएको छ । क्यापिटलका अनुसार आगामी शुक्रबार नै बाँडफाँट गर्ने गरी काम भइरहेको छ । सकेसम्म शुक्रबार नै बाँडफाँट गर्ने र त्यसदिन नभ्याए शनिबार बाँडफाँट गर्ने क्यापिटलको तयारी रहेको छ ।

बैंकले ८ अर्ब रूपैयाँ बराबरको ८ करोड कित्ता सेयर प्रारम्भिक निष्कासन गरेको थियो । ८ करोडमध्ये १ लाख ६० हजार कित्ता कर्मचारीका लागि र ४ लाख कित्ता म्यूचअल फण्डका लागि जानेछ । बाँकी ७ करोड ५८ लाख ४० हजार कित्ता साधारण सेयर भने सर्वसाधारणका लागि छुट्याइएको थियो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार