बुधबार थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

बुधबार थप २८३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २८३ जना कोरोना संक्रमित थपिएका छन्। यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७० हजार ३७५ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा ४, ताप्लेजुङमा १, तेह्रथुममा १, सुनसरीमा १, धनुषामा ४, बारामा २, महोत्तरीमा १, सप्तरीमा १, सिरहामा १, काठमाडौँमा १२२, काभ्रेमा १, चितवनमा २७, दोलखामा २, धादिङमा ५, नुवाकोटमा १, भक्तपुरमा ९ र ललितपुरमा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुपाल्चोकमा १, कास्कीमा २३, गोरखाका २, तनहुँमा ३, नवलपरासी पूर्वमा १०, लमजुङमा १, बाग्लुङमा १, स्याङजामा २, अर्घाखाँचीमा २, कपिलवस्तुमा १, गुल्मीमा १, पाल्पामा २, बर्दियामा ४, बाँकेमा ९, रुपन्देहीमा ११, अछाममा १, कञ्चनपुरमा २, कैलालीमा १, डडेल्धुरामा ६, डोटीमा २ र बैतडीमा १ जना संक्रमित थपिएका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार