बिरवंश बैठा एसियाकै उत्कृष्ट प्रधानाध्यापक छनौट

बिरवंश बैठा एसियाकै उत्कृष्ट प्रधानाध्यापक छनौट

काठमाडौँ । मकवानपुरको हेटौँडा–४ स्थित आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापक बिरवंश बैठा एसियाकै उत्कृष्ट प्रधानाध्यापक चुनिएका छन्।

मलेशियास्थित एशिया अवार्ड नामक संस्थाले प्रधानाध्यापक बैठालाई सन् २०२०/२१ को एशियाकै उत्कृष्ट प्रधानाध्यापकको रुपमा छनोट गरेको हो।  एशिया अवार्डले प्रधानाध्यापक बैठालाई आगामी अप्रिल ७ मा भारतको मधुराईमा आयोजना गरिने समारोहमा सम्मान गर्नेछ।

विभिन्न व्यवसायिक विधामा उत्कृष्ट घोषण गर्ने एशिया अवार्डले करिब दुई महिनाअघि आवेदन माग गरेको थियो। एशिया अवार्डको छनोट प्रक्रियामा विद्यालयको प्रगति विवरण र आफ्नो व्यक्तिगत विवरण साथै वर्तमान कार्यप्रगति र भावी योजनाको आधारमा प्रधानाध्यापक बैठा एशियाको एक सय आवेदकमध्येबाट छनौटमा परेका हुन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार