कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परीक्षाफल

कक्षा १२ को नतिजा सार्वजनिक, यसरी हेर्नुहोस् परीक्षाफल

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको सोमबार बसेको बैठकको निर्णयपछि नतिजा सार्वजनिक गरिएको हो । नतिजाको विस्तृत विवरण बोर्डको वेबसाइटमा राख्ने तयारी भएको बोर्डले जनाएको छ ।

बोर्डले यस वर्ष ४० प्रतिशत अंकका लागि मात्र परीक्षा लिएको थियो । थप ४० प्रतिशत अंक कक्षा ११ को र २० प्रतिशत अंक कक्षा १२ को आन्तरिक मूल्यांकनबाट जोडेर नतिजा प्रकाशित गरिएको हो ।

कोरोना भाइरसको महामारीका कारण गएको वैशाखमा हुन नसकेको कक्षा १२ को परीक्षा ९ मंसिरबाट सुरु भएको थियो । परीक्षामा देशभरबाट चार लाख ३२ हजार विद्यार्थी सहभागी भएका थिए ।

यसरी हेर्नुहोस् परीक्षाफल

‘एनटीसी सिमबाट १६०० मा डायल गरेर नतिजा हेर्न सकिने छ,’नियन्त्रक शर्माले भने,‘अरु माध्यमबाट हेर्न वैवसाइटमा अपलोड गरिरहेका छौँ। त्यहाँ हेरेर पनि नतिजा हेर्न सकिने छ। यसका लाग  राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमबाट हेर्न सकिन्छ।’

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार