कृषि मन्त्रालयले भन्यो : बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी भैसकेको छ

कृषि मन्त्रालयले भन्यो : बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी भैसकेको छ

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले बर्डफ्लु नियन्त्रणका लागि आवश्यक तयारी गरिसकेको बताएको छ । बर्डफ्लु नियन्त्रणका लागि ‘¥यापिड रेस्पोन्स टीम’ तयार गरेर सतर्क रुपमा बसेको मन्त्रालयका सह-सचिव डा.विमलकुमार निर्मलले बताएका छन् ।

सोमबार कुराकानी गर्दै सहसचिव निर्मलले काठमाडौंको तारकेश्वर नगरपालिका–७ साङ्खोला, फुटुङमा नमुना परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएपछि मन्त्रालयले देशैभरबाट नमुना संकलन गरी परीक्षणको दायरा बढाएको बताए । कुनै पनि फार्ममा बर्डफ्लु पुष्टि भएमा तत्काल ¥यापिड रेस्पोन्स टीमले कुखुरा नष्ट गर्ने काम गर्ने पनि बताए ।

नेपालमा खासगरी टर्की, हाँस र लोकल कुखुरामा बर्डफ्लु देखिएको छ । यस्तै अहिले देखिएको बर्डफ्लुबाट आत्तिनुपर्ने अवस्था नरहेको पनि सह-सचिव निर्मलले प्रष्ट पारेका छन् । अहिले नेपालमा देखिएको बर्डफ्लुको भाइरस एच फाइभ एन एट रहेको पनि बताए ।

जुन भाइरस विगतमा देखिएको एच फाइभ एन वान भन्दा कम खतरा रहेको डा।निर्मलको भनाई छ । तर एच फाइभ एन एटमा एच फाइभ एन वान मिसिन सक्ने भएकाले जोखिम उत्तिकै रहेको मानेर त्यसको नियन्त्रणका लागि सरकारी निकायहरुबीच छलफल भइराखेको पनि बताए । मन्त्रालयले विभिन्न प्रयोगशाला, ८ वटा क्वारेन्टाइन कार्यालय, २४ वटा चेकपोष्टहरुलाई सतर्क रुपमा राखेको पनि बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार