पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव हुने

पहिलो चरणमा ४० र दोस्रो चरणमा ३७ जिल्लामा चुनाव हुने

काठमाडौँ । सरकारले वैशाख १७ गते पहिलो चरणमा ४० जिल्लामा चुनाव गर्ने भएको छ। पुस ५ गते प्रतिनिधिसभा चुनाव घोषणा गरेर घोषित मध्यावधि चुनावमा सरकारले पहिलो चरणमा ४० र दोस्रो चरणमा बाँकी ३७ जिल्लामा चुनाव गर्ने निर्णय सोमबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले गरेको हो।

वैशाख १७ गते प्रदेश २, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा चुनाव हुने भएको हो। त्यस्तै वैशाख २७ गते कर्णाली, बागमती र प्रदेश १ मा मध्यावधि चुनाव गर्ने निर्णय भएको छ।

विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै परेका रिटहरु सर्वोच्चमा विचाराधीन रहेको अवस्थामा सरकारले आक्रामक रुपमा चुनावको तयारी अघि बढाउने निर्णय गरेको हो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार