भारतको महाराष्ट्रमा बढ्यो कोरोनाको संक्रमण

भारतको महाराष्ट्रमा बढ्यो कोरोनाको संक्रमण

फाईत तस्बीर

काठमाडौँ । भारतको महाराष्ट्रमा कोरोना भाइरसको संक्रमण दर फेरि तीब्र गतिमा बढेको छ। पछिल्लो एक हप्तामा नयाँ संक्रमित भेटिने दर उच्च रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

बिहीबार महाराष्ट्रमा ५ हजार ४ सय २७ संक्रमति फेला परेका थिए। महाराष्ट्रमा गत डिसेम्बर ४ पछि पहिलो पटक नयाँ संक्रमितको संख्या पाँच हजारभन्दा बढी देखिएको हो।

राज्यभर हालसम्म कोरोना संक्रमितको कुल संख्या २० लाख ८१ हजारभन्दा बढी पुगेको छ। जसमध्ये १९ लाख ८७ हजारभन्दा बढी व्यक्तिहरु संक्रमणमुक्त भएका छन् भने ५१ हजारभन्दा बढीको मृत्यु भएको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार महाराष्ट्रमा हाल ४० हजारभन्दा बढी सक्रिय संक्रमित रहेका छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार