सांसदले कोरोना खोप लगाएर संसद भवन छिर्न पाउने

सांसदले कोरोना खोप लगाएर संसद भवन छिर्न पाउने

काठमाडौं । सांसदहरूले कोरोना विरुद्धको खोप लगाएपछि मात्रै संसद भवन प्रवेश गर्न पाउने भएका छन्। राष्ट्रिय सभा, प्रतिनिधि सभा र संसद भवनमा कार्यरत कर्मचारीलाई अनिर्वाय खोप लगाउनुपर्ने भनिएको छ। संसद सचिवलायका सहप्रवक्ता दशरथ धमलाले खोप लगाउन फागुन १९ गतेदेखि २१ गतेसम्म निजामती सेवा अस्पतालमा व्यवस्था गरिएको बताए।

सर्वोच्च अदालतले फागुन ११ गते प्रतिनिधि सभा पुनस्स्थापना गरेपछि पहिलोपटक बैठक बस्दैछ। मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले फागुन २३ गतेका लागि प्रतिनिधि सभा बैठक आह्वन गरिसकेकी छन्।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार