आकाशे पुल निर्माण जोड दिँदै महानगर

आकाशे पुल निर्माण जोड दिँदै महानगर

sf]6]Zj/ s+nsL ;8sv08 cGt{ut afns'df/Ldf ;8sdf cfsfz]k'n sf] k|of]u gu/L hyfefjL af6f] sf6b} k}bnofq' . t:jL/ M /f]zg ;fksf]6f, /f;;

काठमाडौं । पैदल यात्रुको सुरक्षा तथा सहजतालाई मध्यनजर गर्दै  काठमाडौं महानगरपालिकाले नयाँ आकाशे पुल निर्माण तथा जीर्ण रहेकाको मर्मतलाई तीव्रता दिएको छ । सोहीअनुरुप अहिले वीर अस्पताल अगाडिको आकाशे पुल मर्मतको काम भइरहेको छ भने आवश्यकता हेरी अन्य स्थानमा पनि काम अघि बढाइने कामपाको तयारी छ।

टेकु भन्सार, त्रिपुरेश्वर, पुतलीसडक, महाराजगञ्ज, कोटेश्वर, गौशाला चोकमा पनि नयाँ पुल निर्माण गर्ने कामपाको योजना छ। दुर्घटना न्यूनीकरण, ट्राफिक व्यवस्थापनसँगै पैदलयात्रुको सहजताका लागि ट्राफिक प्रहरी र सडक विभागको सहकार्यमा कामपाले ती स्थानमा नयाँ किसिमका पुल बनाउन लागेको हो।

कामपाभित्र सुन्धारा, नयाँ सडक, वीर अस्पताल, रत्नपार्क–भोटाहिटी, जमल, रत्नपार्क–बागबजार, पुरानो बसपार्क, भद्रकाली र नयाँ बसपार्कमा आकाशे पुल रहेका छन्। भद्रकाली, पुरानो बसपार्क र नयाँ बसपार्कमा केही वर्षअघि निर्माण गरिएको पुल मर्मत गर्न नपर्ने अवस्थामा छन् । अन्य स्थानका पुल तत्काल मर्मत गर्नुपर्ने अवस्थामा रहेको कामपाका प्रवक्ता ईश्वरमान डंगोलले बताए। त्यसैगरी नयाँ पुल निर्माणको पहिलो चरणमा चावहिल र पुरातत्व विभाग अगाडि निर्माणको काम सम्पन्न गरी प्रयोगमा नै आइसकेको उनले बताए।

पुलको आवश्यकता धेरै स्थानमा रहेको र मर्मतको काम त्यत्तिकै आवश्यक रहेकाले दुवै कामलाई सँगै अघि बढाएको प्रवक्ता डंगोलको भनाइ छ। तत्काल आठ स्थानमा पुल बनाउने योजना कामपाको छ। दुई स्थानका सम्पन्न भइसके, तीन स्थानमा निर्माण चरणमा छन् र अन्य पनि सुरु गर्ने तयारी रहेको डंगोलले बताए। रासस

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार