स्वास्थ्यमन्त्री विरुद्ध प्रदेशसभा सदस्य दिए अख्तियारमा उजुरी

स्वास्थ्यमन्त्री विरुद्ध प्रदेशसभा सदस्य दिए अख्तियारमा उजुरी

चैत्र १९ काठमाडौँ
स्वास्थ्यमन्त्री भानुभक्त ढकालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । विवेकशील नेपाली दलका नेता तथा बाग्मती प्रदेशसभा सदस्य रमेश पौड्यालले अख्तियारमा स्वास्थ्य मन्त्री भानुभक्त ढकाल विरुद्ध उजुरी दिएका हुन् ।

बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको देखिएपछि मन्त्री ढकालविरुद्ध उजुरी गरिएको जनाइएको छ । विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको कुरा समेत मिडियामा आइसकेको छ। तसर्थ, यी छानबिनका विषय रहेकोले उजुरी हालेको विवेकशीलले जनाएको छ ।

यिनै विषयलाई मुद्दा बनाइ स्वास्थ्य मन्त्री विरुद्ध रमेश पौड्यालले अख्तियारको वेबसाइट मार्फत उजुरी दिएका हुन्।

उजुरीको बुँदागत विवरण यस प्रकार छन्।

आर्थिक र नीतिगत भ्रष्ट्राचार भएको तथ्यहरु:
• तीन महिनाअघि नै स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तयारी गरेर खुलाएको टेन्डर रद्द गरेको,
• बजार दरभन्दा चार गुणासम्म महँगो पर्ने गरी मेडिकल सामाग्री खरिद गरिएको,
• खरिद कार्य गर्न आफू निकटका व्यापारीलाई रातारात सेटिङ मिलाएको,
• मेडिकल सामाग्री सप्लाईको अनुभव नै नभएको कम्पनीलाई तीन घन्टामै टेन्डर दिलाएको,
• वाणिज्य विभागमा दर्ता नै नरहेको कम्पनीको कोटेशन स्वीकृत गरेको,
• विश्व स्वास्थ्य सङ्गठनले सिफारिस नगरेका र भर पर्न नसकिने भन्दै विभिन्न मुलुकमा आलोचना भएका र्‍यापिड टेस्टिङ किट सात करोड भन्दा बढीको लागतमा किनेको,
• यस अघिका ठुला भ्रष्टाचार काण्डहरू (वाइड बढी घोटाला, ललितानिवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टर खरिदमा ७० करोडको कमिसन बार्गेनिङ, आदि) मा जस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको स्वतन्त्र छानबिनलाई प्रभावित गर्ने गरी प्रधानमन्त्री खड्ग प्रसाद ओलीले यो काण्डमा पनि स्वास्थ्य मन्त्रीको बचाउमा अभिव्यक्ति दिएको ।

उजेली न्यूज
हरेकपल ताजा समाचार
Krishi Bikas Karyalaya

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार