महेन्तप्रकाश ओलीलाई भेट्न नख्खु कारागार पुगे विप्लव

महेन्तप्रकाश ओलीलाई भेट्न नख्खु कारागार पुगे विप्लव

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नख्खु कारगार पुगेर नेता  हेमन्तप्रकाश ओली ‘सुदर्शन’लाई भेटेका छन् । उनीहरुले कारागारमा रहेका समूहका अन्य कार्यकर्ताहरुसँग पनि भेट गरेका छन् । २०७५ चैतमा काभ्रेबाट पक्राउ परेका ओली नख्खुस्थित एनसेल कार्यालयको गेटमा भएको बम विस्फोटमा संलग्न भएको आरोपमा उनी पुर्पक्षका लागि थुनामा छन् ।

सरकार र विप्लव समूहबीच भएको तीनबुँदे सहमतिमा सबैलाई रिहा गर्ने सहमति भएको थियो । त्यसको भोलिपल्ट विप्लव, वार्ता टोलीका सदस्यहरु खड्गबहादुर विश्वकर्मा र उदयबहादुर चलाउने ओलीलाई भेट्न नख्खु कारागार पुगेका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार