जाजरकोटमा पहिरोले टहराे पुरिँदा एकजनाको मृत्यु, दुईजनाको उद्धार

जाजरकोटमा पहिरोले टहराे पुरिँदा एकजनाको मृत्यु, दुईजनाको उद्धार

जाजरकोटमा पहिरोमा परेर एक जना महिलाको मृत्यु भएको छ । गएराति परेको अविरल वर्षापछि आएको पहिरोमा परेर जिल्लाको भेरी नगरपालिका– २, राङ्सीकी ६० वर्षीया जयशिला शाहको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार १७ कार्तिक २०८० मा गएको भूकम्पपछि निर्माण गरिएको अस्थायी टहरामा पहिरो खस्दा शाहको घटनास्थलमै मृत्यु भएको छ ।

उक्त पहिरोमा परेका उनकी ४० वर्षीया छोरी मेनुका शाह थापा र सात वर्षीय नातिनी टिका थापाको सकुशल उद्धार गरिएको प्रहरीले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार