शान्ति समाजको सभापतिमा गोबिन्द खनाल

शान्ति समाजको सभापतिमा गोबिन्द खनाल

काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजको केन्द्रीय सभापतिमा गोबिन्द खनाल चयन भएका छन् । पोखरामा सम्पन्न समाजको २३ औं केन्द्रीय परिषद बैठकबाट रुपन्देहीका खनाल सभापतिमा चयन भएका हुन् । उनी यसअघि समाजको वरिष्ठ उपसभापति थिए ।

समाजको वरिष्ठ उपसभापतिमा सुशील बस्नेत (दाङ) ,उपसभापति कृष्ण रावल (पाल्पा), महिला उपसभापति रत्न लक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल (काठमाडौ) निर्विरोध निर्वाचित भएका छन् ।

त्यस्तै, ७ जना प्रदेश सचिव र ४ जना समावेशी सचिवमा क्रमशः विकास थापा ९मोरङ०, अमरबहादुर गौतम (पर्सा), बाबुहरी आचार्य (चितवन), धिरज थापा (कास्की), मिना ढकाल (रुपन्देही), पुष्पा मल्ल (सुर्खेत) र मदन बहादुर कुँवर (अछाम) चयन भएका छन् । अर्घाखाँचीका विष्णु भुसाल केन्द्रीय सदस्यमा चयन भएका छन् ।

बैठकले देशमा नयाँ शासन व्यवस्था आएपनि मानव अधिकार र लोकतन्त्र कमजोर अवस्थामै रहेको ठहर गर्दै शान्ति समाजको भूमिकालाई अझ शसक्त बनाउँदै लैजाने निर्णयसमेत गरेको छ ।

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार