नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा मिश्र र ढुंगाना नियुक्त

काठमाडौँ । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा बमबहादुर मिश्र र निलम ढुंगानालाई नियुक्त गरिएको छ। मंगलबार आज बसेको मन्त्रिपरिषद् बैठकले मिश्र र ढुंगानालाई राष्ट्र बैंकको डेपुटी गभर्नरमा नियुक्त गर्ने निर्णय गरेको हो।

मिश्र राष्ट्र बैंकको विदेशी विनिमय विभाग प्रमुख थिए। यस्तै हाल कार्यकारी निर्देशक रहेकी ढुंगाना राष्ट्र बैंक व्यवस्थापन विभाग प्रमुख थिइन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार