विवाहले खुसी छाएको जीन्दगी

विवाहले खुसी छाएको जीन्दगी

इलाम । इलाम नगरपालिका–३ पुवामझुवाका नितेश सुनुवार शारीरिक रूपमा अशक्क्त छन् । हिंडडुल गर्न नसके पनि दुःखले हात चलाउन र बोल्न मात्र सके पनि कतै जान परे अरूकै साहारा चाहिन्छ । शारीरिक रूपमा समाजका अन्य व्यक्तिको तुलनामा कमजोर देखिए पनि उनको सोच भने कमजोर छैन ।

जन्मजात फरक शारीरिक क्षमताको भएर पनि आफूले गर्न सक्ने काममा अग्रसर रहने नितेश यति वेला झन् खुसी देखिएका छन् । उनी जिन्दगीमा एकल हुनेरहेछु भनेर हारमानेका थिए तर जीवनसाथी पाएपछि झन् खुसी बनेका हुन् । ‘म एक्लो थिए तर जीवनसँग हारेको थिइन, आज मलाई माया गर्ने श्रीमतीको साथ छ’, ‘उनैको प्रेमले अहिले त झन् आहा ! भन्ने भाछ, जिन्दगी, सुनुवार भन्छन् ‘जीवन जीउनुको गज्जब मज्जा त यस्तै बेला लाग्दोरैछ, जतिबेला अतुलनीय माया पाइन्छ र कसैलाई उनी मेरो भन्ने सौभाग्य जुर्छ, ।

गीतसंगीत, सामाजिक सञ्जाल र मिडियामा सकेसम्म सक्रिय रहने सुनुवार सूर्योदय नगरपालिका एककी जेनिसा थामीसँग नितेशको मिडियाबाट नै चिनजान भयो । अन्ततः गफ भएको दुई महिनापछि दुईबीच विवाह नै भयो । नितेश हिंड्न सक्दैनन् तर पनि भागी विवाह गरेका छन् ।

२० वर्ष उमेरकी जेनिसाको २७ वर्षका नितेशसँग विवाह भयो । विवाहअघि उनीहरूबीच भेट भएन । ‘विचार मन प¥यो । लक्ष्य मन प¥यो । अनि विवाह गर्ने निर्णयमा पुगेँ । मनैले रोजेपछि शारीरिक अपांगताले नछेक्ने जेनीसा बताउँछिन् । जेनिसासँग विवाह गर्ने पक्का भएपछि जेनिसालाई लिन आधा बाटोसम्म बहिनी र भाउजू पठाए । बहिनी र भाउजूको सहयोगले नितेशले भगाएर विवाह गरे । शिक्षा संकायबाट कक्षा १२ मा अध्ययनरत रहेकी जेनिसाले नितेशलाई साथ दिन्छ भन्नेमा गाउँका कसैले पत्याएनन् । गाउँका धेरैले ह्या ! कहाँ साथ दिनु । मिल्न प¥यो नि जोडी । नितेशले झुक्याउन आएकी भन्ने वचन खेपेका थिए । वचनले मन दुखाएका नितेशले विसं २०७६ मंसिर २१ गते सिन्दुर पोते भएपछि सबैमा विश्वास बढेर गयो ।

जेनिसा (नितेशकी श्रीमती) अरूको सहारामा बाच्नुभन्दा अरूको सहारा बन्न सक्नुलाई ठूलो उपलब्धि भएको बताउँछिन् । करुणा फाउन्डेसनमा कार्यरत रहँदारहँदै जेनिसामा यस्तो सोच आएको बताउँछिन् । फाउन्डेसनले अपांता भएका व्यक्ति र परिवारका लागि विविध कार्यक्रम सञ्चालन गर्छ त्यसैमा रहेर काम गरिरहेकी उनले काम पनि झन् साहारा ठूलो उपलब्धि बन्ने भावना पलाएपछि विवाह भयो । जेनिसा र नितेशको एक छोरो छ । २०७६ असोज १२ गते जन्मिएका छोराको नाम जेनिल राखेका छन् । विगत एक महिनादेखि उनीहरू मुल घरपरिवारसँग छुट्टिएर तीन जनाको परिवार छुट्टै बसेका छन् ।

नितेशले करुणा फाउन्डेसन इलामको सहयोगमा मोबाइल रिपेरिङको तालिम लिए । सीप सिकेपछि उनले ‘नितेश इलेक्ट्रोनिक्स मोबाइल पसल’ नामक पसल खोले । तर, बजार र पसल घरभन्दा निक्कै टाढा छ । शारीरिक रूपमा समस्या भएपछि पसललाई निरन्तरता दिन नसकी बन्द नै गर्नुप¥यो । ‘सीप सिकेसँगै बजार पनि पाए मात्रै सीप सिकेको काम लाग्ने रैछ, नत्र त समय र लगानी मात्रै खेर जादोरैछ, उनले गुनासो गरे ।’

देब्रे आँखा गुमाएका सन्दकपुर गाउँपालिका एक माइमझुवाका राजन राई पनि आफूलाई भाग्यमानी ठान्नुहुन्छ । २०६६ सालमा सिद्धिथुङ गाउँपालिका भोजपुरकी ससिकला राईको साथ मिलेपछि चलेको जिन्दगीले खुसी बनेका हुन । फुटबल खेल्दा गोलले राजनको आँखामा लाग्यो । त्यही बेला देव्रे आँखाको ज्योति गुम्यो । समयमै उपचार हुन नसकेपछि विस्तारै दाहिने आँखाले देख्न छोडे र १४ वर्षको उमेरमा दुवै आँखाको ज्योति गुम्यो ।

उनी घरको भित्री काम सबै गरे पनि बाहिरी काम गर्न भने गाह्रो हुने बताउँछन् । उनी भन्छन् ‘उनको साथ र माया नहुँदो हो त म यहाँसम्म पुग्नै सक्ने थिइनँ नि , यसकारण पनि म आफूलाई भाग्यमानी ठान्छु ।’ ससिकला र राजनको चिनजान पढाइका शिलशिलामा भएको हो । राजन संगीत सिक्न मोरङ गएका थिए । ससिकला फुपूकोमा बसेका बेलाबेला चिनजान भयो । मन मिलेपछि १९ वर्षकै उमेरमा ससिकलाले २४ वर्षका राजनसँग विवाह भयो । चिनजान भएको १० महिनामा भागेर विवाह गरेका उनीहरूको जेठी छोरी नौ वर्षकी र कान्छी छोरी छ वर्षकी भइसकेका छन् ।

‘मैले विवाह गरेकोमा धेरैले असन्तुष्टि व्यक्त गरे । त्यो बेलाको वचनले मन चस्स नदुखेको कहाँ हो र ? दुखेकै हो नि,’ उनी भन्छन्, ‘अझै पनि भन्छन्, भन्ने मान्छेको मुख थुन्न सकिन्न, भन्नेले भन्दै गर्छन् म अघि बढ्दै जान्छु भन्ने सोच्छु अनि निरन्तर अघि बढिरहन्छु,’ ‘मलाई भनिएका तिनै तीतो वचन नै मेरो लागि अघि बढ्ने खुट्किला बनेको राजन बताउँछन् । ससिकलाको पनि भोगाइ फरक छैन । जेनिसाको जस्तै छ । अहिले फरक यत्ति छ नानीहरूले पालो दिन थालिसकेका छन् । उनलाई पहिलेभन्दा अहिले निक्कै सहज छ । उनी भन्छिन् ‘धेरै बल लाग्ने काम गर्न नसक्दा अन्यलाई सहयोग माग्नु पर्दा भने झन्झट मान्लान् कि भन्ने डर हुन्छ ।’

जिम्मेवारी धेरै छ । घर छोडेर कतै जान नमिल्ने भएकाले गाउँघरैमा जीवनोपयोगी सीप पाए सिक्ने थिएँ जेनिसाले भने । यसले अर्थोपार्जनमा थप टेवा पुग्थ्यो भन्ने लाग्छ उनलाई । जेनिसाको झै मन ससिकलाको पनि छ । उनलाई भने स्थानीय तहको समन्वयमा करुणा फाउन्डेसनले अपांगतामैत्री काम गर्छ भन्ने पनि थाहा छैन । एक समय तालिमको कुरा त आएको थियो तर घरै छोड्नुपर्ने भएकाले लिन गइनँ । सीप सिक्ने मन भएर मात्रै के गर्नु ? घरमा काम गर्न नसक्ने श्रीमान एक्लैलाई छोडेर हिड्न मनले मान्दैन उनको गुनासो छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार