चौरजहारीमा एक पुरुषको शव फेला

चौरजहारीमा एक पुरुषको शव फेला

मुसिकाेट । रुकुम पश्चिममा एक जना पुरुषकाे शव फेला परेको छ ।

शुक्रबार दिउँसो जिल्लाकाे चौरजहारी नगरपालिका वडा नम्बर ११ मा सर्केनाको सल्लेरीस्थित जंगलमा शव फेला परेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार शवको पहिचान हुन सकेको छैन ।

शव सडेको अवस्थामा रहेको डिएसपी पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त शव अन्दाजी ४० वर्षीय पुरुषको रहेको छ । सडकबाट करिब २० मिटर तल खसेको अवस्थामा शव रहेको छ ।

प्रहरीले घटनाको थप अनुसन्धान भईरहेको जनाएको छ ।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार