ओलीको साथ छोड्दैनौं : ऊर्जामन्त्री रायमाझी

ओलीको साथ छोड्दैनौं : ऊर्जामन्त्री रायमाझी

काठमाडौँ । नेकपा एमालेका नव मनोनित केन्द्रीय सदस्य तथा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीले अब सांसद र मन्त्री पद गए पनि आफूहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको साथ नछोड्ने स्पष्ट पारेका छन् ।

शनिबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै नेता रायमाझीले आफूहरुको लागि मन्त्री र सांसद पद ठूलो नभएको भन्दै सही विचार, सिद्धान्त र निष्ठाको राजनीति गर्ने र त्यो प्रधानमन्त्री ओलीसँग रहेकोले ओलीको साथ कुनै हालतमा नछाड्ने स्पष्ट पारे। ‘मन्त्री र सांसद पद जान्छ भन्ने हामीलाई चिन्ताको विषय होईन, ज्यान त छँदैछ नि। हामीलाई केही चिन्ता छैन्,’ उनले भने।

उनले प्रधानमन्त्री ओलीले देशको विकास र समृद्धिको लागि सही एजेण्डा बोकेकोले आफूहरू एमाले पार्टीभन्दा पनि ओलीको विचारको पछि लागेको प्रतिक्रिया दिए। उनले तत्कालिन् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा अन्तरविरोध चर्किनुको कारण विचार र सिद्धान्तभन्दा पनि अर्को पक्षले पद र प्रतिष्ठाको लागि मात्रै विरोध गरेको टिप्पणी गरे ।

मन्त्री रायमाझीले अब आफूहरु कुनै पनि हालतमा नेकपा (माओवादी केन्द्र) मा नफर्किने दाबी गरे। उनले माओवादी केन्द्रलाई ‘डोरी जलिसकेको र अब गाँठोमात्रै बाँकी रहेको’ को संज्ञा दिए। उनले प्रधानमन्त्री ओलीलाई तत्कालिन नेकपा (आफ्नै पार्टी) बाट सरकार र पार्टी चलाउन अवरोध गरिएको आरोप लगाए। देशलाई अस्थिरतरताबाट बचाउन बाध्य भएर प्रधानमन्त्री ओलीले संसद् विघटन गरे पनि अदालतबाट आफूहरुले मुद्दा हारेको रायमाझीले सुनाए। अर्को नेकपाको नामको विषयमा पनि आफूहरुले मुद्दा हारेको उनले सुनाए।

 

 

 

 

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार