राष्ट्रपतिले आज पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलहरूसँग सर्वदलीय छलफल गर्दै

राष्ट्रपतिले आज पूर्वप्रधानमन्त्री एवं प्रमुख राजनीतिक दलहरूसँग सर्वदलीय छलफल गर्दै

राष्ट्रपतिले आज सर्वदलीय छलफल गर्दै
काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले सर्वदलीय मंगलबारका लागि सर्वदलीय बैठक बोलाइएकी छन् । सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दलसँग राष्ट्रपति भण्डारीले दिउँसो ४ बजे छलफल गर्ने कार्यक्रम तय भएको हो ।

राष्ट्रपति भण्डारीका प्रमुख स्वकीय सचिव डा‍. भेषराज अधिकारीका अनुसार संसदमा प्रतिनिधित्व गर्ने प्रमुख राजनीतिक दल एवं पूर्वप्रधानमन्त्रीलाई छलफलमा आमन्त्रण गरिएको छ ।

बैठकमा नेकपा (एमाले), नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, राप्रपा, नेपाल मजदूर किसान पार्टी र राष्ट्रिय जनमोर्चालाई बोलाइएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार