मर्स्याङ्दी नदीमा ट्रक खस्दा एकै परिवारका तीन जनाको मृत्यु

मर्स्याङ्दी नदीमा ट्रक खस्दा एकै परिवारका तीन जनाको मृत्यु

काठमाडौँ । मनाङको मर्स्याङ्दी नदीमा ट्रक खस्दा तीन जनाको मृत्यु भएको छ। शनिबार बेलुका नासो गाउँपालिका(३ खोत्रोमा सिमेन्ट लोड गरेर लम्जुङबाट चामे जाँदै गरेको ध १ ख ५९२ नम्बरको ट्रक खसेको नदीमा खसेको हो।

प्रहरी नायब उपरीक्षक सुवास खड्काका अनुसार उकालो चढ्नेक्रममा अनियन्त्रित हुँदै ब्याक भएर खोलामा ट्रक खसेको हो। ट्रक खस्दा तीन जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा नासो गाउँपालिका ४ ओडार बस्ने ३५ वर्षीया मनिषा गुरूङ, ३६ वर्षीया लालकाशी गुरूङ र अन्दाजी ६र७ वर्षीय थिउन गुरूङ रहेका छन्।

त्यस्तै अन्य पाँच जना घाइते भएका छन्। घाइतेहरूको उपचारका लागि एम्बुलेन्समार्फत लम्जुङ पठाइएको छ। डिएसपी खड्काका अनुसार ट्रक अन्दाजी १ सय ५० मिटर तल मर्स्याङ्दी नदीमा खसेको हो।

 

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार