स्वास्थ्य सामाग्री खरिदको अर्को प्रक्रिया भोली फेरि सुरु हुने

स्वास्थ्य सामाग्री खरिदको अर्को प्रक्रिया भोली फेरि सुरु हुने

चैत्र १९ काठमाडौं

विवादित ओबिसिआईसँग गरेको औषधि तथा मेडिकल उपरकण खरिदको सम्झौता रद्द गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भोली फेरि नयाँ प्रक्रिया सुरु गर्ने भएको छ।

स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले बिहीबार पुन नयाँ प्रक्रिया सुरु गर्ने जानकारी दिएका हुन्।

‘अब तुरुन्तै अर्को प्रक्रिया भोली फेरि सुरु गर्दैछौं,’ उनले भने ‘हामीसँग पहिलाका टेन्डरका साथीहरुलाई पनि बोलाएका छौं उहाँहरुले कति समान दिनुहुन्छ सम्झौता गरिसकेपछि कति थप आवश्यक छ तीन दिनको सूचना भोली निकाल्छौं। उहाँहरुले सस्तोमा दिन्छौं भन्नु भएको छ। म सस्तोमा दिन अनुरोध गर्दछु।’

उनले नयाँ टेन्डर प्रक्रियाका लागि पनि पाँच दिन भित्र सामान ल्याउने गरी समय दिने जानकारी दिए।

श्रेष्ठले यसअघि सम्झौता गरेको ओबिसिआईले तोकिएको समयमा सामान ल्याउन नसकेपछि उक्त प्रक्रिया रद्द गरिएको जानकारी दिए।

श्रेष्ठका अनुसार ओबिसिआईले सम्झौता अनुसार काम गर्न नसकेपछि धरौटी जफत गर्ने र कालोसूचीमा राख्ने प्रक्रिया पनि अगाडि बढाइने श्रेष्ठले जानकारी दिए।

सरकारले चैत ११ गते २४ घन्टे सूचना जारी गर्दै १ करोड ३ लाख ९४ हजार ४ सय डलरमा ओबिसिआईसँग औषधि तथा मेडिकल उपकरण खरिदको सम्झौता गरेको थियो।

सम्झौताअनु्सार आइतबार मात्रै नेपाल एयरलाइन्सको चार्टर जहाज मार्फत् आबीसिआईले २३ लाख ९४ हजार डलर बराबरको सामान ल्याएको थियो।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार