चौरजहारीमा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको ज्यान गयो

चौरजहारीमा थ्रेसर मेसिनमा च्यापिएर एक महिलाको ज्यान गयो

फाईल तस्बीर

मुसिकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा गहुँ झार्ने थ्रेसर मेशिनमा च्यापिएर एक जना महिलाको ज्यान गएको छ । चौरजहारी नगरपालिका-७ काभ्राकी ६२ वर्षिया थुर्मा मल्लको शुक्रबार गहुँ झार्ने थ्रेसर मेशिनमा च्यापिएर ज्यान गएको वडा अध्यक्ष इन्द्रलाल शर्माले बताउनुभयो । मेशिनको नजिकै रहेकी मल्ल आफुले लगाएको कपडा बेरिएर मेशिनमा च्यापिएको प्रहरीले जनाएको छ ।

मेशिनमा च्यापिएकी मल्लको घटना स्थलमै मत्यु भएको इलाका प्रहरी कार्यालय चौरजहारिका प्रमुख प्रहरी निरीक्षक कृष्ण डांगिले जानकारी दिनुभएको छ । उहाँको शव पोस्टमार्टमको लागी जिल्ला अस्पताल जाजरकोट पठाउन तयारी गरिएको छ ।  थ्रेसर चालक भने फरार रहेको प्रहरी निरीक्षक डांगिले जनाउनु भयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार