सानीभेरि नदिमा डुबेर एक बालकको ज्यान गयो

सानीभेरि नदिमा डुबेर एक बालकको ज्यान गयो

प्रतिकारात्मक तस्बिर

मुसिकोट । रुकुम पश्चिमको सानीभेरी नदिमा पौडि खेल्ले क्रममा एक वालकको डुबेर ज्यान गएको छ । बुधबार दिउँसो मुसिकोट नगरपालिका वडा नम्बर ३ को गेरुढुंगा भन्ने स्थानबाट पौडि खेल्न भेरिमा हाम फालेका पुथा उत्तरगंगा गाउँपालिका वडा नम्वर ५ रुकुम पूर्वका १४ बर्षिय निशान घर्तिमगरको डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी प्रहरी निरिक्षक कपिल शाहिले बताउनुभयो ।

त्रिभुवन जनता माध्यमिक बिद्यालय मुसिकोटमा कक्षा ८ मा अध्ययनरत निशान अन्य ५ जना साथीहरुको साथमा पौडि खेल्न नदिमा गएका थिए । डुबेर उनको शव पानीमा पौडिन थालेपछि मात्र उनका साथीहरुले ज्यान गएको पत्ता पाएको प्रहरीले जनाएको छ । उनी अध्ययनको सिलशिलामा रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १ मा बस्दै आएका थिए । उनी कोरोना भाईरसको संक्रमणकोे कारण बिद्यालय बन्द भएपछि साथीहरु मिलेर सानीभेरिमा पौडि खेल्न गएका थिए ।

मृतक घर्तिको शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सल्ले ल्याईएको गरेको प्रहरी निरिक्षक शाहिले जनाउँनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार