मास्क प्रयोकर्ताले यी तीन कुरामा ध्यान दिनैपर्छ !

Corona-Ad-Raptisonari

मास्क प्रयोकर्ताले यी तीन कुरामा ध्यान दिनैपर्छ !

वाशिङ्टन । नोभेल कोरोनाभाइरसको संक्रमण बढेसँगै मास्कको प्रयोग पनि बढ्दो छ । त्यसमा पनि चिकित्सक, प्रहरी, सञ्‍चारकर्मी, विमानस्थल तथा अस्पतालका कर्मचारीहरुले त झन लामो समय मास्क लगाइरहनु परेको छ ।

अमेरिकी रोग नियन्त्रण तथा रोकथाम केन्द्रले मास्क लगाउने तरिकामा सम्भावित परिवर्तनसहित मास्क प्रयोगकर्ताहरुलाई सुझाव दिएको छ । अमेरिकी सर्जन जनरल डा. जेरोमी अडाम्सले मास्क प्रयोग गर्दा मुख्यरुपमा तीन कुरामा ध्यान दिनुपर्ने सुझाव व्यक्त गरेका छन् ।

जसमा

– अनुहारमा नछुनुहोस् : यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने अनुहारमा नछुनुहोस् । आफूले अनुहार नछोएर मास्क प्रयोग गर्नुपर्छ भन्‍ने कुरामा निकै ध्यान पुर्‍याउनुपर्छ ।

– एन-९५ मास्क प्रयोग नगर्नूहोस् : यदि तपाईं अनुहार छोप्दै हुनुहुन्छ भने एन-९५ मास्क स्वास्थ्यकर्मीहरुलाई बचाउनुस् । उनीहरुलाई यसको एकदमै ठूलो आवश्यकता छ ।

– घरभित्रै बस्‍नुहोस् – आफ्‍नो अनुहार छोप्दैमा तपाईंले सोसल डिस्टेन्सिङ कायम गरेको मानिने छैन । सबभन्दा ठूलो र उत्तम कुरा भनेको तपाईं घरभित्रै बस्‍नुहोस् । बाहिर जानैपर्ने भएमा मास्क अनिवार्य प्रयोग गर्नुहोस् ।  सीएनएनबाट

Dunduwa Ad
Florence Ad
उजेली न्यूज
हरेकपल ताजा समाचार
Corona Ad Narainapur

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार