रुकुम पश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ पुग्यो

रुकुम पश्चिममा थप एक कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ८ पुग्यो

 

मुसिकोट । रुकुम पश्चिममा सोमबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । जिल्लाको त्रिवेणि गाउँपालिका वडा नं. ३ का ४७ वर्षका पुरुषको गाउँपालिकाले सञ्चालन गरेको आईसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो ।

अक्सिजनको मात्रा घटेपछि सोमबार बिहान ४ बजे उनको मृत्यु भएको गाउँपालिका स्वास्थ्य संयोजक विरवहादुर डाँगीले जानकारी दिनुभयो।

उनी कोरोना संक्रमण देखिएपछि २६ गतेबाट आईसोलेसनमा बस्दै आएका थिए । यस्तै रुकुम पश्चिममा कोरोनाको दोस्रो कहर सुरु भएपछि कोरोनाका भाइरसका कारण मृत्यु हुनेको संख्या ८ पुगेको छ भने अहिले सम्म जिल्लामा ५०० जना संक्रिमित रहेका छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार