कर्णालीमा तीन मन्त्री थपिए, आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुम पश्चिमका गोपाल शर्मा नियुक्त

कर्णालीमा तीन मन्त्री थपिए, आर्थिक मामिला तथा योजना मन्त्रीमा रुकुम पश्चिमका गोपाल शर्मा नियुक्त

काठमाडौा । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद विस्तार गरेका छन्। बुधबार मुख्यमन्त्री शाहीले माओवादी केन्द्रका तीन जना सांसदलाई मन्त्री बनाएका हुन्। आर्थिक मामिला तथा योजना मन्त्रीमा रूकुम पश्चिमका गोपाल शर्मा, आन्तरिक मामिला तथा कानुन मन्त्रीमा सुर्खेतका विन्दमान विष्टलाई नियुक्त गरिएको छ ।

यस्तै भौतिक पूर्वाधार मन्त्रालयल फुटाएर जलस्रोत मन्त्रालय बनाईएको छ। यसमा माओवादी केन्द्र कर्णाली प्रदेश संसदीय दलकी प्रमुख सचेतक सिता नेपालीलाई मन्त्री बनाईएको छ। नेपाली सुर्खेतबाट प्रतिनिधित्व गर्ने समानुपातिक सांसद् हुन्।

आर्थिक मामिला मन्त्रालयमा नियुक्त शर्मा रूकुम पश्चिम निर्वाचन क्षेत्र १ (ख) बाट प्रत्यक्ष निर्वाचित् सांसद् हुन् । कानुन मन्त्री नियुक्त भएका विन्दमान विष्ट सुर्खेत निर्वाचन क्षेत्र २ (ख) बाट प्रत्यक्ष निर्वाचित हुन्।

थपिएका मन्त्रीको आजै सपथग्रहण हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषदको निजी सचिवालयले जनाएको छ। मुख्यमन्त्री कार्यालयले प्रदेश प्रमुखको कार्यालयलाई पत्र पठाईसकेको छ।

यसअघि आर्थिक मामिला तथा योजना मन्त्रीको जिम्मेवारी पाएकी विमला केसी र आन्तरिक मामिला तथा कानुन मन्त्री रहेका नरेश भण्डारीले आजै राजीनामा दिएका छन्। बिहान बसेको मन्त्रिपरिषदको वैठकमा उनले मुख्यमन्त्रीलाई राजीनामा बुझाएका हुन् ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार