रुकुम पश्चिममा थप ३२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

रुकुम पश्चिममा थप ३२ जनामा कोरोना संक्रमण, एक जनाको मृत्यु

मुसिकोट । पछिल्लो २४ घण्टामा रुकुम पश्चिममा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्ले लगायत जिल्लाका विभिन्न स्थानीय तहमा जम्मा ४६ जनामा गरिएको परीक्षणमा ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

चौरजहारी नगरपालिकामा २१, जिल्ला अस्पताल सल्लेमा १० र आठबीसकोट नगरपालिकामा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै जिल्लामा शनिबार थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । मुसीकोट नगरपालिका-३ का ४७ वर्षिय कोरोना संक्रमितको जिल्ला अस्पतालको आईसोलेसनमा उपचारको क्रममा मृत्यु भएको हो ।

उनको आज बेलुकी साढे ५ बजेतिर मृत्यु भएको जिल्ला अस्पताल सल्लेका डाक्टर राजकुमार भुजेलले जानकारी दिनुभएको छ । उहाँका अनुसार रुकुम पश्चिममा अहिले सम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३ पुगेको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार