सल्ले अस्पतालमा कोरोना परिक्षण सूचारु गर्न रुकुमका ६ राजनीतिक दलको माग

सल्ले अस्पतालमा कोरोना परिक्षण सूचारु गर्न रुकुमका ६ राजनीतिक दलको माग

मुसिकोट ।  रुकुम पश्चिमका क्रियाशील ६ राजनीतिक दलहरुले स्वास्थ्य कार्यालय सल्लेमा बन्द भएको कोरोना परिक्षण तत्काल सूचारु गर्न माग गरेका छन । जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले अर्का सूचना नआएसम्मका लागि बैशाख ३१ गते बाट कोरोना परिक्षण बन्द गरेको छ । परिक्षणको दायरालाइ फराकिलो पारेर संक्रमणको साङ्लो तोड्नु पर्ने बेला परिक्षण बन्द गरिएको प्रति दलहरुले गम्भीर ध्यानाकर्षण भएको नेपाल कम्युनिष्ट पार्टीका जिल्ला कार्यालय सदस्य नरेन्द्र विकले जानकारी दिनुभयो ।

शनिबार एक प्रेस विज्ञप्ती जारी गर्दै रुकुम पश्चिममा क्रियाशील ६ राजनीतिक दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले कोरोना संकटलाई न्युनिकरण गर्न साझा रुपमा सहकार्य गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन । विभिन्न चरणमा भएको छलफल सार्वजनिक गर्दै कोरोना नियन्त्रणका लागि सरकारले अगाडि सारेका रणनीतिहरु पालना गर्न गराउन आफ्नो आफ्नो ठाउँबाट खट्ने निर्णय भएको दलहरुले बताएका छन ।

यहि क्रममा बैशाख २६ गते सर्वदलीय बैठक, २७ गते आ-आफ्नो पार्टीको आन्तरिक तथा बाह्य पंक्ति सङ्ग बस्तुस्थितिको एकिन सूचना तथा विवरण संकलन, २८ गते संकलित सुचना तथा विवरण हरुलाइ १६ बुदे ज्ञापनपत्र मार्फत जिल्ला प्रशासन कार्यालयमा पेश र २९/३०/३१ गते १६ बुंदे ज्ञापन-पत्र कार्यान्वयनका लागि सम्बन्धित पक्षसङ्ग छलफल तथा परामर्श सम्पन्न गरिएको दलहरुले जारि गरेको विज्ञप्तिमा जनाइएको छ ।

प्रेस विज्ञप्ति

१. कोभिड-१९ को महामारिबाट अल्पायुमा ज्यान गुमाउनु विवश हुनु भएका सबैमा हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै संक्रमित भै होम आइसोलेसन, आइसोलेसन र विभिन्न अस्पतालहरुमा उपचार गराइ रहनु भए सम्पुर्ण दाजु भाइ तथा दिदि बहिनीहरुको सिघ्रस्वास्थ लाभको कामना गर्दछौ।

२. “रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नदिनु नै बुद्दिमानी हुन्छ” भने झै। कोभीड-१९ को भयावह अवस्थालाइ हामि सबैले नजिक बाट देखी/भोगी रहेकाछौ। त्यसैले जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिमले जारी गरेको निषेधाज्ञाको पुर्ण अनुशासितपुर्वक कृयान्वयन गर्न, सके सम्म घर बाहिर ननिस्कन, निस्केपनी भौतिक दुरि कायम गर्न, अनिवार्य मास्क लगाउन, स्यानिटाइजर प्रयोग गर्न, साबुन पानीले नियमित हात धुन र अत्यावश्यक जनस्वास्थ्य मापदण्डको कडाइका साथ पालन गर्न आम जनसमुदायमा हार्दिक अनुरोध गर्दछौ।

३. कोभिड-१९ को संक्रमण दिन #दुइगुणारातचार गुणा बढिरहेकोले हामि आफुले पनि सावधानी र सतर्कता अपनाउनु जरुरी छ। त्यसैले छरछिमेक, घर-परिवार, गाउँ टोलमा कोहि कसैलाइ कोभिडका लक्षण देखिएमा तुरुन्त नजिकको स्वास्थ्य कार्यालयमा गएर कोभिड परिक्षण गराउन र चिकित्सकको सल्लाह बमोजिम गर्न अनुरोध गर्दछौ। साथै अहिले #परिक्षणनगर्ने, #आफुखुसिऔषधि सेवन गर्ने, #बिलम्ब भए पछि मात्र स्वास्थ्य संस्थामा आउने लगायतका लापरबाही र हेलचेक्राइ गर्ने कुराले जोखिम बढ्नुका साथै उपचार प्रक्रियामा पनि जटिल भएको हुदा रोग लुकाइ आफु लगायत घरपरिवार र समाजलाइ जोखिममा नपार्न बिनम्र अनुरोध गर्दछौ।

४. कोभिड-१९ को दोस्रो भेरियन्टको रोकथाम नियन्त्रण परिक्षण र उपचार सम्बन्धीका १६ बुदे ज्ञापनपत्रको कार्यन्वयनका लागि जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिति (DCCMC) ले मिति २०७८ बैशाख ३० गते गरेको निर्णयप्रती धन्यवाद व्यक्त गर्न चाहान्छौ। जनसेवा र जनता बचाउन DCCMC लाई हाम्रो #संयुक्तपार्टिजिल्लासयंन्त्ररुकुम_पश्चिम जस्तो सुकै सहयोग गर्ने पुनःप्रतिबद्धता गर्दछौ।

५. कोभिड-१९ तिब्र संक्रमणले १३ जना नागरिकको ज्यान जादा र ७ सयको हाराहारीमा संक्रमित हुदा सम्म #आवगमननियमन, #संस्थागतक्वारेन्टाइन, #आइसोलेसन , #होमआइसोलेसन, #अक्सिजन लगायतका अन्य #अत्यावश्यकऔषधि व्यवस्थापनमा चासो नदिनु , #भएकाएम्बुलेन्सको आग्रहिरुपमा मात्र प्रयोगमा ल्याउनु, #थपएम्बुलेन्स र शब बाहनको व्यवस्थापन नगर्नु, तोकिएको #जनस्वास्थ्यमापदण्डको पालना गर्न/गराउन मा कुनै तदारुकता नदेखाउनु, बेला बेला जिल्ला कोभिड-१९ संकट व्यवस्थापन समिती (DCCMC) ले गरेका निर्णय कार्यान्वयनमा बेवास्ता गर्नुका साथै #भिडभाडहुनेकार्यक्रमको आयोजना गरेर अवेज्ञा गर्नु र #संक्रमणकोसांङ्लोतोड्नकन्ट्याक्टट्रेसिङ गर्न, #संक्रमितहरुकोउपचारमा_उत्तरदायी नहुनु लगायतका गैरजिम्मेवार प्रवृत्ति र लापरबाहीजन्य कार्यको हामी संयु]क्त सयंन्त्र पार्टी खेद व्यक्त गर्दछौ।

६. संक्रमणको उच्च जोखिमका बिचबाट पनि साधन स्रोतको अभाव र विविध समस्या र संकटका बाबजुद जनताको जीवन रक्षार्थत: दिलोज्यान समर्पित डाक्टर नर्स ल्याव टेक्निसियन फर्मासिस्ट लगायतका प्राविधिक तथा अप्राविधिक #स्वास्थ्यकर्मीसुरक्षाकर्मीर_संचारकर्मीमा उच्च सम्मानका साथ हार्दिक अभिवादन सहित अभिनन्दन गर्दै धन्यवाद ज्ञापन गर्दछौ । र पहिलो चरण खोप लगाएकाहरुको हकमा दोस्रो चरणको खोप व्यवस्था गर्न पनि ध्यानाकर्षण गराउदछौ।

७. कोभिड-१९ को #महामारीनियन्त्रणरोकथाम #जोखिमन्यूनीकरणद्रुततथाव्यापक_परिक्षण र भरपर्दो उपचारको साथ साथै दैनिक जनजिबिकालाई सहज र सरल बनाउन निम्न बमोजिम निर्णय लिइएको छ।

क- #यातायातएम्बुलेन्सहवाइ सेवाअक्सिजनको नियमित आपूर्तिमा सहज #अत्यावश्यकऔषधिको प्रबन्ध, दैनिक उपभोग्य बस्तुको सन्तुलित तथा सरल वितरण, कृषिजन्य सामाग्रीको उपलब्धता लगायतको लागि जिल्ला स्तरमा तपसिलको टिम गठन गरिएको छ।
१.प्रेम प्रकाश ओलि (नेपाली कांग्रेस)
२.टंक प्रसाद ओलि (नेकपा-एमाले)
३.नरेन्द्र वि.क. (नेकपा)
४.प्रशाराम खत्री (जसपा)
५.गिरि प्रसाद बुढा (रा.जनमोर्चा)
६.सुधिर बिक्रम शाह (राप्रपा)

ख- जिल्ला जस्तै पालिका स्तरमा पनि सर्वदलीय सयंन्त्र बनाइ सोही अनुरुप सक्रिय हुनेछ।

ग- होम-आइसोलेसन र कोभिड बाहेकका अन्य स्वास्थ्य समस्याको लागि फोन कल र घर मै गएर वा आफ्नो स्वास्थ्य संस्था मार्फत निशुल्क (औषधि बाहेक) सेवा उपलब्ध गराउन निम्न बमोजिम टिम गठन गरिएको छ।
डा. दिपक पुन ९८४१४६२८७९
डा. यज्ञ प्रसाद बि.सि ९८६६१७०६७७
शुष्मा घर्ती (नर्स) ९८४१४९८४६९
रिना राई (नर्स) ९८४८९६००००
सपना घर्ती (नर्स) ९८२३७८८७७६
घ- #साबधानीसतर्कतार_सचेतना पनि कोभिड-१९ विरुद्धको एउटा सशक्त हतियार भएको हुदा जिल्ला विभिन्न संचारमाध्यबाट जनस्वास्थ्य मापदण्ड सम्बन्धि गतिविधि प्रशारणकाे लागि अनुरोध गर्ने ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार