मुसिकोट नगरपालिकाद्धारा १६ स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण

मुसिकोट नगरपालिकाद्धारा १६ स्वास्थ्य केन्द्रमा स्वास्थ्य सामाग्री वितरण

मुसिकोट । रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि औषधी तथा आवश्यक स्वास्थ्य सामाग्रीहरु वितरण गरेको छ । आइतबार नगरपालिका अन्तरगतका स्वास्थ्य केन्द्रहरुमा औषधी र स्वास्थ्य सामाग्रीहरु बितरण गरिएको हो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरि तिवारीका अनुसार १५ वटा स्वास्थ्य केन्द्र र १ वटा आयुर्वेद केन्द्रमा १९ प्रकारका औषधि, पिपिई, सर्जिकल मास्क, सेनिटाइजर, थर्मलगण वितरण गरिएको अधिकृत तिवारीले बताउनुभयो ।

अहिले गाउँमा ज्वरो र रुघाखोकीका लक्षण देखिएका बिरामीहरुको संख्या दैनिक बढेपछि नगरपालिकाले उनीहरुको उपचारका लागि थप सहयोग पुग्ने उद्देश्यले आवश्यक स्वास्थ्य सामग्री र औषधिको व्यवस्था गरिएको अधिकृत तिवारीले बताउनुभयो ।

यस्तै नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि सबै वडाका जनप्रतिनिधि, कर्मचारीहरु सक्रियताका साथ लागि परेको र आवश्यता अनुसार नगर क्षेत्रका शिक्षकलाई पनि परिचालन गरिने नगरपालिकाले जनाएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार