रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण

रुकुम पश्चिममा पछिल्लो २४ घण्टामा ३० जनामा कोरोना संक्रमण

मुसिकोट । पछिल्लो २४ घण्टामा रुकुम पश्चिममा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पताल सल्ले र बिभिन्न स्थानीय तहमा ७२ जनामा गरिएको परिक्षणमा ३० जनामा कोरोना संक्रमण पुष्टि भएको जनाईएको छ ।

जिल्ला अस्पताल सल्लेमा ४६ जनामा गरिएको परिक्षणमा १७ जनामा, चौरजहारी नगरपालिकामा २४ जनामा गरिएको परिक्षणमा १२ जनामा र आठविसकोट नगरपालिकामा २ जनामा गरिएको परिक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

बाँफिकोट, त्रिबेणि र सानीभेरी गाउँपालिकामा आज कोरोना परिक्षण नभएको जनाईएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार