महामारीको बेला अस्पताल भित्र महंगी, गुणस्तरहिन खाना नास्ताको चर्को मूल्य असुल्दै चमेना गृह

महामारीको बेला अस्पताल भित्र महंगी, गुणस्तरहिन खाना नास्ताको चर्को मूल्य असुल्दै चमेना गृह

मुसिकोट । कोरोना महामारीको मौका छोपेर जिल्ला अस्पताल सल्ले रुकुम पश्चिम भित्र सञ्चालित चमेना गृह (क्यान्टिन)ले कालो बजारी गरेको गुनासो रहेको छ । महामारीको बेला स्थानीय प्रशासनले गरेको निषेधाज्ञाको मौका छोपी क्यान्टिनमा गुणस्तरहिन र महंगो दरमा खाना र पानी दिने गरेको बिरामीहरुले बताएका छन् ।

कोरोना संक्रमित एक बिरामीका आफन्तले बाहिरका होटेल पसल बन्द भएको मौकामा अस्पताल भित्रको क्यान्टिनले कमाउ धन्दा चलाएको आरोप लगाए । एक पिलेट चना र एउटा अण्डाको ९० रुपैयाँ तिर्नु परेको बताउँदै उनले सोहि नास्ता बजारमा ३० रुपैयाँ बढि नपर्ने जनाए ।

‘अस्पताल भित्र सञ्चालित क्यान्टिनमा पोषिलो खाना तथा नास्ता, झोलिलो खानेकुरा, तातोपानीको व्यवस्था हुनुपर्ने हो’, स्थानीय समेत रहेका एक बिरामी कुरुवाले भने, ‘क्याटिन सञ्चालकले एक लिटर पानी तताएको समेत ५० रुपैया समेत लिदा रैछन् ।’ उनका अनुसार नाम मात्रको दाल र भातको प्रति छाक ३ सय रुपैया असुल्ले गरेको छ । जबकि बजारमा १ सय २० मा त्यो भन्दा बढी स्वादिष्ट र गुणस्तरिय खाना पाईन्छ ।

नेकपा बिप्लव समुहका जिल्ला नेता नरेन्द्र बि.क.ले कोभिड अस्पतालको रुपमा संचालन गरिएको उक्त अस्पताल परिसरको क्यान्टिनमा कुनै पनि स्वास्थ्य सुरुक्षाका मापदण्ड पालन हुने नगरेको समेत बताए । आईसोलेनमा रहेका बिरामीलाई भेट्न गएर आउँने आफन्तजनहरु, कुरुवाहरु निर्वाध रुपमा खाना तथा नास्ता खान आउने गरेको, सतर्कता नअनाएको, कयान्टिनको खाना नास्ता गुणस्तरहिन रहेको उनको गुनासो छ । क्यान्टिन सँगै जोडिएको प्रतिक्षालय समेत संक्रमणको अर्को डरलाग्दो ठाउँ भएको उनको भनाई छ ।

यस बिषयमा जिल्ला स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमका निमित्त कार्यालय प्रमुख बिष्णु बहादुर बुढाथोकीले तत्कालै क्यान्टिनको अनुगमन गरेर ब्यवस्थापन गरिने बताए । गुनासो आउने बित्तिकै अस्पताल प्रशासनले काम थालेको निमित्त प्रमुख बुढाथोकीको भनाई रहेको छ ।

गुनासो पछि तत्कालै अस्पताल प्रशासनलाई सम्पर्क गरेर समस्या समाधानका लागि भनिसकिएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ गैह्रेले बताउनुभयो । प्रजिअ गैह्रेले अस्पतालमा कालो धन्दा गरिएको भेटिएमा कारबाहि समेत गरिने जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार