मुसिकोटमा कोरोना बिरुद्ध सचेतिकरणका लागि शिक्षक खटिने, त्रिवेणीमा घरदैलो हुने

मुसिकोटमा कोरोना बिरुद्ध सचेतिकरणका लागि शिक्षक खटिने, त्रिवेणीमा घरदैलो हुने

मुसिकोट । मुसिकोट नगरपालिकाका प्रमुख देबिलाल गौतमले आफ्नो नगर क्षेत्रमा कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारको लागि प्रभावकारी काम भएको बताउँनुहुदै अहिलेसम्म औषधीको समस्या नभएको बताउनु भएको छ ।

पत्रकार महासंघ रुकुमले मंगलबार आयोजना गरेको कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा रुकुम पश्चिमका स्थानीय तहहरुले खेलेको भुमिका र चुनौती बिषयक भर्चुअल अन्तरक्रिया कार्यक्रममा बोल्नु हुदै नगर प्रमुख गौतमले ज्वरो, रुघा, खोकी लगायतका स्वास्थ्य समस्या भएका वडावासीलाई वडामै उपचार गर्न नगरपालिकाले सबै वडामा स्वास्थ्य सामग्री र १९ प्रकारका औषधि उपलब्ध गराएको बताउनुभयो ।

त्यसैगरी मुसिकोट नगरपालिकाले कोरोना भाइरसका बिरुद्ध सर्वसाधारण र बिद्यार्थीहरुलाई सचेतिकरण गर्न शिक्षकहरुलाई टोल टोलमा परिचालन गरिने मुसिकोट नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी तिवारीले बताउनुभयो । कोरोना भाइरस संक्रमणको रोकथाम, नियन्त्रण तथा उपचारमा गतिबिधि सक्रिय पार्ने क्रममा शिक्षकहरु भोलि (बुधबार)देखि नै परिचालन गरिने अधिकृत तिवारीले बताउनुभयो । जिल्लामा अस्पतालमा लामो समय सम्म सुचारु नभएको भेन्टिलेटर मेशिन चलाउनको लागि कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठान जुम्लाबाट एकदुई दिनमा कर्मचारी आउने समेत नगरपालिकाले जनाएको छ ।

आठबिसकोटमा २२ बेडको कोरोना अस्पतालको व्यबस्था

कार्यक्रममा आठविसकोट नगरपालिकाका प्रमुख गोर्खबहादुर केसीले नगरपालिकामा कोरोनाका बिरामीको उपचारको लागि २२ बेडको आईशोलेशन अस्पताल तयारी गरिएको बताउनुभयो । उहाँले किटको अभावमा परिक्षणको दायरा बढाउन नसकिएको समेत जनाउनुभयो ।

कोरोना भाइरसको दोस्रो कहर सुरु भएपछि नगरपालिका क्षेत्रमा २ सय १८ जनाको परिक्षण गर्दा १ सय १० जनालाई पोजेटिभ देखिएको बताउँनुहुदै नगर प्रमुख केसीले परिक्षण गरिएका मध्य ३० देखि ४० प्रतिशतमा कोरोना संक्रमण देखिएको उल्लेख गर्नुभयो ।

त्रिवेणीमा घरदैलो कार्यक्रम

त्यस्तै जिल्लाको त्रिवेणी गाउँपालिकाले केहि दिन भित्रै पालिकाभरका घरदैलोमै पुगेर स्वास्थ्य जाँच तथा सचेतिकरणको कार्यक्रम सञ्चालन गर्न लागेको छ । गाउँपालिकाका अध्यक्ष झक्कुप्रसाद घर्ति मगरले कोरोना संक्रमितको लागि खारानेटामा आईशोलेशन सञ्चालनमा ल्याइएको समेत बताउनुभयो ।

गाउँपालिका अस्पतालमा विजुलीको समस्या भएपनि सोलारको व्यवस्था गरिएको र अस्पतालमा भौतिक पूर्वाधारको समस्या कायमै रहेको समेत उहाँले जनाउँनुभयो । अध्यक्ष घर्तिले गाउँमा सञ्चालनमा रहेका निजि मेडिकलहरुले अनावश्यक रुपमा औषधी दिने गरेकोले बिरामीहरुलाई थप समस्या भएको र प्रशासनलाई ति मेडिकलको अनुगमको लागि अनुरोध गरिने पनि उल्लेख गर्नुभयो ।

अन्तरक्रिया कार्यक्रममा सानीभेरी गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले गाउँपालिका किटको समस्या भएको बताउनुभयो । किट केहि मात्रामा रहेकोले परिक्षणको दायरा बढाउन नसकिएको उहाँले जनाउनुभयो ।

रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले भने दश दिन भित्र अक्सिजन प्लान्ट जडान गरिसक्ने जनाएको छ । कोरोना भाइरसको नयाँ भेरियन्टको कारण संक्रमितहरुको संख्या बढीरहेको र उनीहरुको सफल उपचारको लागि अक्सिजन ल्यान्ट जरुरी रहेकोले जडानको योजना सुरुवात गरिएको नगरपालिकाका प्रमुख बिशाल शर्माले बताउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार