व्यवसायी गौतमद्धारा १ हजार एन्टिजिन किट सहयोग

व्यवसायी गौतमद्धारा १ हजार एन्टिजिन किट सहयोग

काठमाडौँ । निर्माण व्यवसायी रत्नप्रसाद गौतमले रामेछाप जिल्लामा एक हजार थान एन्टिजिन किट उपलब्ध गराउनुभएको छ ।

कोरोनाको दोस्रो लहरले प्रभावित रामेछापका स्थानीयको जाँचमा सहयोग पुर्‍याउने उद्देश्यले उहाँले जिल्ला अस्पताल मार्फत उक्त किट उपलब्ध गराउनुभएको हो ।

उहाँले उपलब्ध गराएको किट मध्ये दुई सय थान जिल्ला अस्पताललाई, दुई सय थान प्राथमिक स्वास्थ केन्द्र मन्थलीलाई र बाँकी एक/एक सय सबै पालिकामा बितरण गर्ने जानकारी जिल्ला अस्पताल रामेछापले जानकारी गराएको छ।

रामेछापका जनताले तामाकोसी अस्पतालमा पन्ध्र सय तिरेर कोरोना परीक्षण गर्दै आएका छन्। अब गौतमको सहयोगमा प्राप्त उक्त किटको मद्दतमा जनताले निःशुल्क कोरोना परीक्षण गर्न पाउने छन्।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार