समाजसेवी तथा युवा व्यवसायी राजु केसी द्धारा जिल्ला अस्पताल सल्लेलाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

समाजसेवी तथा युवा व्यवसायी राजु केसी द्धारा जिल्ला अस्पताल सल्लेलाई दुई लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण

मुसिकोट । युवा व्यवसायी नेपाली काँग्रेस रुकुमका महाधिबेशन प्रतिनिधि राजु केसीले कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा सहयोग पुग्ने उद्देश्यले रुकुम पश्चिममा २ लाख बराबरको सहयोग गर्नुभएको छ ।

मुसिकोट नगरपालिका वडा नं. १ खलंगा घर भई हाल काठमाडौमा रहनु भएका आरटी ट्रेडर्स प्रालि का सञ्चालक समाजसेवी केसीले आज स्वास्थ्य सेवा कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सामाग्री र सहायता फाउण्डेशनको कोषमा रकम जम्मा गरेर सहयोग उपलब्ध गराउनुभएको हो ।

जिल्लामा कोरोना संक्रमितको दर दैनिक बढेको र एन्टिजीन किटको अभावका कारण परिक्षणको दायरा कम भएपछि उहाँले स्वास्थ्य सेवा कार्यालयलाई  सहयोग गरेको बताउनुभएको छ । उहाँले आज एन्टिजिन परिक्षण किट २ सय थान, सर्जिकल फेस मास्क २ हजार ५ सय थान, अक्सोमिटर १२ थान समाजसेवी शिवराम खत्री मार्फत कार्यालयलाई हस्तान्तरण गर्नुभएको हो । यी सामाग्रिहरुको मुल्य १ लाख ६१ हजार ४ सय ९९ रहेको केसीले बताउनुभयो ।

त्यसैगरी उहाँले आजै कोरोना संक्रमण न्यूनीकरणमा सहयोग पुर्याउने हेतुले रुकुम पश्चिममा सञ्चालन गरिएको सहायता फाउण्डेसनको खातामा ३८ हजार ५ सय रकम जम्मा गर्नुभएको छ ।

यसका साथै उहाँले जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमलाई पनि ५ सय थान सर्जिकल माक्स र १ वटा अक्सोमिटर समाजसेवी शिवराम खत्री मार्फत प्रदान गर्नुभएको छ । यतिवेला विश्वव्यापी कोरोनाको महामारीमा देश र जनता जुधिरहेको अवस्थामा आ-आफ्नो तह र तप्कावाट सहयोगमा जुटौं र जुटाऔं भन्ने उद्धेश्यले आफ्नो तर्फबाट सहयोग गरेको केसीले बताउनुभएको छ । उहाँले हालको यो महामारीको परिस्थीतिमा सम्पुर्ण देशवासीहरुमा कोरानो विरुद्ध लड्ने क्षमता वढोस् भन्दै सम्पुर्ण देशवासीहरुलाई सुरक्षित रहन समेत अनुरोध गर्नुभएको छ ।

रुकुम पश्चिममा कोरोना रोकथाम तथा नियन्त्रणका लागि एक जना व्यक्तिद्धारा ठुलो सहयोग प्रदान भएको यो पहिलो हो । केसीले विपद लगायत अन्य समयमा पनि जिल्लामा सहयोग गर्दै आउनुभएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार