टोलमै पुगेर भत्ता दिनु अघि कोरोना बिरुद्ध जनचेतना दिदै वडा सरकार

टोलमै पुगेर भत्ता दिनु अघि कोरोना बिरुद्ध जनचेतना दिदै वडा सरकार

मुसिकोट । कोरोना महामारीको बिच यहाँको एक वडाले भौतिक दुरी कायम गरेर सामाजिक सुरुक्षा भत्ता वितरण गरेको छ ।

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्वर ६ को कार्यालयले वडाका बिभिन्न टोलहरुमा पुगेर सामाजिक दुरी र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्दै सामाजिक सुरक्षा भत्ता वितरण गरेको हो ।

भत्ता बुझ्न उपस्थित भएकाहरुलाई कोरोना भाईरस सम्बन्धि जनचेतना अभिबृद्धि गरिएको समेत वडा अध्यक्ष राजेन्द पुनले बताउनुभयो । भत्ता लिन आउनेहरुलाई कोरोना बिरुद्ध जानकारी दिने र सजक बनाउने मौका पनि भएको उहाँले उल्लेख गर्नुभयो । निषेधाज्ञाको कारण आम्दानीको बाटो रोकिएको र गाउँमा बृद्धबृद्धाहरुलाई अप्ठ्यारो पर्न सक्ने कुरालाई आँकलन गरेर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता उपलब्ध गराईएको वडा अध्यक्ष पुनले जानकारी दिनुभयो ।

आफ्नो वडामा मात्र १३ लाख ५० हजार रकम सुरुषा भत्ता बाँडिने उहाँले जनाउनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार