सानीभेरी गाउँपालिकाद्धारा गाउँ गाउँमा पुगेर कोरोना परीक्षण अभियान सुरु

सानीभेरी गाउँपालिकाद्धारा गाउँ गाउँमा पुगेर कोरोना परीक्षण अभियान सुरु

मुसिकोट । रुकुम पश्चिमको सानिभेरी गाउँपालिकाले गाउँ गाउँमा गएर कोरोना भाइरस परीक्षण अभियना सुरु गरेको छ । यस अघि एन्टिजिन किट अभावका कारण गाउँमा लक्षण सहितका विरामी भए पनि परीक्षण रोकिएको थियो ।

गाउँपालिकाले ४ सय किट खरिद गरेर ल्याएको र अन्य किट चाँडै उपलब्ध हुने भएपछी गाउँपालिका भित्रका सबै वडाहरुमा गएर कोरोना भाइरस परीक्षण गर्ने अभियान संचालन गरेको गाउँपालिकाका स्वास्थ्य संयोजक छविलाल केसीले जानकारी दिनुभयो । संयोजक केसीका अनुसार वडामा कोरोनाको मिल्दोजुल्दो लक्षण भएका विरामी धेरै भएको र परीक्षण नगरिएको गुनासो नागरिकबाट आएपछी अभियान संचालन गरिएको हो ।

कोरोना परीक्षण अभियान अन्तर्गत मंगलबार वडा नम्वर १० र ११ मा परीक्षण गरिएको छ । वडा नं १० र ११ मा जम्मा ३९ जनामा गरिएको परीक्षणमा ११ जना व्यक्तीहरुमा पोजेटिभ देखिको छ । जसमा २ जना वडा नं १० का र ९ जना वडा नं ११ का रहेको संयोजक केसीले जानकारी गराउनुभयो । उहाँका अनुसार संक्रमित सबैलाई होम आइसोलेशनमा रहन भनिएको छ ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार