कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत हस्तान्तरण

कोरोनाबाट मृत्यु भएका परिवारलाई राहत हस्तान्तरण

मुसिकोट । कोरोना संक्रमणका कारण मृत्यु भएका व्यक्तिका परिवारलाई आज राहत हस्तान्तरण गरिएका छ । कोरोना संक्रमणबाट मृत्यु भएका गाउँपालिका वडा नं ११ का कृष्ण गहतराजको परिवारलाई यहाँको सानीभेरी साना किसान कृषि सहकारी संस्था लिमिटेडले राहत वितरण गरेको हो ।

उहाँको गत जेठ ४ गते उपचारको क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको थियो । सहकारीमा शेयर सदस्य रहेकी उहाँकी श्रीमती यमुना गहतराजलाई साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष लालबिर ओली र वडा नं ११ का वडा अध्यक्ष तुल्सीराम बुढाथोकी मृतकको घरमा पुगेर क्रिया खर्च स्वरुप १० हजार राहत हस्तान्तरण गर्नुभएको हो ।

सहकारीको शेयर सदस्य भएका परिवारका जुनसुकै व्यक्तिहरुको आकस्मिक मृत्यु भएमा क्रिया खर्च स्वरुपको राहत उपलब्ध गराउने संस्थाको प्रावधान अनुसार उक्त रकम हस्तान्तरण गरिएको संस्था अध्यक्ष लालबिर ओलीले जानकरी दिनुभयो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार