सेवा प्रवाहमा छिटो,छरितो र गुणस्तरियता कायम हुन्छ : बस्नेत

सेवा प्रवाहमा छिटो,छरितो र गुणस्तरियता कायम हुन्छ : बस्नेत

बाँकेको नरैनापुर गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गाउँपालिकाबाट प्रवाह हुने सेवा छिटो र गुणस्तरिय बनाउने बताएका छन् । उनले गाउँपालिकाबाट प्रवाह हुने सेवालाई समय अनुसार छिटो र गुणस्तरिय बनाउँदै जाने बताएका हुन् ।

गाउँपालिकामा जेठ ९ गतेबाट प्रमुख प्रशासकीय अधिकृतको कार्यभार सम्हालेका बस्नेतले जनप्रतिनिधि कर्मचारी लगायत सरोकारवालासँग समन्वय गरी कार्य सम्पादन गर्ने बताएका हुन । उनले कार्यालयबाट प्रवाह हुने सेवालाई गुणस्तरिय बनाउने देखि कार्यालयमा हुने सूचनामा आम नागरिकको सहज पहुँच हुने गरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

जनतालाई छिटो छरितो र सरल तरिकाले सेवा प्रवाह गरिने बताए । बस्नेतले निर्माणधिन आयोजनाहरुलाई गुणस्तर वृद्ध गरेर छिटो छरितो सम्पन्न गर्नुपर्ने बताउँदै बाँकी योजनालाई पनि समयमै सम्पन्न गर्नुपर्ने बताए ।

आ.व.०७७/०७८ को लागि गाउँसभाबाट स्वीकृत भौतिक निर्माणका विकास योजना तथा अन्य कार्यक्रमहरु समयमा नै सम्पन्न गर्ने उद्देश्यले योजना कार्यान्वयन कार्यतालिका कार्यपालिकाको बैठकबाट स्वीकृत गराएर समयमै सम्पन्न गरिने उनको भनाइ छ । चालू आ.ब.मै योजना सम्पन्न गर्ने गरि विकास निर्माणका आयोजनाहरु दुर्त गतिमा काम गरिने प्रमुख प्रशासकीय अधिकृत बस्नेतले बताए । वडाका योजना र पालिकाका योजनालाई प्रभावकारी रुपमा अनुगमन गरी कार्य सम्पादन गर्ने उनले बताए ।

नरैनापुरमा दैनिक प्रशासन चलाउने प्रशासक नहुँदा विकाससँगै अन्य गतिविधिमा सिधा असर परेको थियो । बस्नेत आएसँगै दैनिक प्रशासन लागयत बजेट विनियोजन भएका विकास र गुरु योजना सुचारुका साथै भुक्तानी रकम निकासा हुँदै आएको छ ।

‘कोरोनाका विरामीको उपचार, ब्यवस्थापन र नियन्त्रणका लागि आवश्यक पर्ने सामग्री खरिदमा समेत समस्या परेको बेला प्रमुख प्रशासकीय अधिकृत बस्नेत आए सँगै काम छितो छरितो भएको विपद ब्यवस्थापन शाखा प्रमुख लक्ष्मीकान्त मिश्रले बताए । ‘चालू आर्थिक बर्षको योजना सम्पन्न गर्न र पालिकालाई विकासको गति दिन आफु रातअरोह खटिने प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले बताए ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार