रेडक्रसद्धारा कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

रेडक्रसद्धारा कैदीबन्दी र सुरक्षाकर्मीलाई स्वास्थ्य सुरक्षा सामाग्री प्रदान

मुसिकोट । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा रुकुम पश्चिमले जिल्ला कारागार कार्यालय रुकुम पश्चिमलाई स्वास्थ्य सुरक्षाका सामाग्रीहरु प्रदान गरेको छ ।

कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षाका सामाग्री उपलब्ध गराईएको रेडक्रस रुकुम पश्चिमले जनाएको छ ।
सोमबार कारागारमा रहेका कैदीबन्दी र सुरक्षा कर्मीको लागि एक हजार ओटा सर्जिकल मास्क, १ सय ५५ ओटा हात धुने साबुन हस्तान्रण गरिएको रेडक्रस रुकुमका सभापति रमा गौतमले जनाउनुभयो ।

नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा रुकुम पश्चिमका सभापति रमा गौतमले कारागार कार्यालयका प्रमुख पुनाराम पौडेललाई स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गर्नुभएको हो ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार