जेठ २६ गतेबाट रुकुम पश्चिममा कोरोना विरुद्धको ‘भेरोसेल’ खोप लगाईने

मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका लागि जेठ २६ र २७ गते लगाईने भएको छ भने आठविसकोट नगरपालिका, बाँफिकोट र त्रिबेणी गाउँपालिकामा जेठ ३० गते र ३१ गते लगाइएने छ

मुसिकोट । रुकुम पश्चिममा कोरोनाविरुद्धको चिनियाँ खोप भेरोसेलको पहिलो डोज लगाइने भएको छ । जेठ २६ गते देखि ३१ गतेसम्म उक्त खोप लगाइने भएको हो ।

यहाँका ६ वटा स्थानीय तहका स्वास्थ्य चौकीमा रहेको खोप केन्द्रबाट कोरोना भाइरसबिरुद्ध लगाइने ‘भेरोसेल’ खोप ६२ बर्ष देखि ६४ बर्षको उमेर समूहका नागरिकलाई पहिलो डोज प्रदान गरिँदैछ।

स्वास्थ्य सेवा कार्यालय सल्ले रुकुम पश्चिमले सोमबार निकालिएको सूचनामा बिहान ११ बजे देखि दिउँसो ४ बजे सम्म खोप केन्द्रहरुबाट खोप लगाउन सकिने पनि उल्लेख गरिएको छ । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका र सानीभेरी गाउँपालिकाका लागि जेठ २६ र २७ गते लगाईने भएको छ भने आठविसकोट नगरपालिका, बाँफिकोट र त्रिबेणी गाउँपालिकामा जेठ ३० गते र ३१ गते लगाइने स्वास्थ्य सेवा कार्यालयकी खोप सुपरभाईजर अधिकृत कृष्णा खड्काले जानकारी दिनुभयो ।

पहिलो चरणमा २ हजार ४ सय २४ जनालाई लगाईने बताएको छ । उहाँले जनस्वास्थ्यको मापदण्ड पालना गर्दै भौतिक दूरी कायम गरी खोप लगाइने जानकारी दिनुभएको छ । यस्तै कार्यालयले खोप लगाउन जाँदा अनिवार्य नागरिकता वा उमेर खुल्ने कुनै पनि सरकारी कागज वा सम्बन्धित वडा कार्यालयले दिएको सिफारिस साथमा लिई खोप लगाउन आउन आग्रह गरेको छ।

उजेली न्यूज
हरेकपल ताजा समाचार

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार